सुनसरीमा सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु
शुक्रबार, ३२ जेठ २०८१, १३ : ४५
सुनसरी । सुनसरीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कोशी गाउँपालिका–३ नहरचोकस्थित सडकमा भएको दुर्घटनामा २० वर्षीय राजकुमार यादवको मृत्यु भएको हो ।
इनरुवाबाट भण्टाबारीतर्फ जाँदै गरेको को.२ ख ६०५९ नम्बरको ट्रकले को.२ त १२४३ नम्बरको ट्याक्टरलाई बिहीबार दिउँसो ठक्कर दिँदा ट्याक्टरमा सवार कोशी गाउँपालिका–२ बस्ने यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण