मकवानपुरबाट एक सय किलो गाँजा बरामद
शुक्रबार, ३२ जेठ २०८१, १३ : ५३
मकवानपुर । मकवानपुरमा एक सय किलो लागूऔषध गाँजा बरामद भएको छ । शुक्रबार बिहान जिल्लाको थाहा नगरपालिका–७ देउखेलस्थित सडकबाट करिब १ सय किलो ४ सय २० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय पालुङबाट गस्तीमा खटिएको प्रहरीले ना.२० प १८६७ र प्रदेश ३–०२–०१२ प १५९२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो । मोटरसाइकलमा सवार व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण