कोशी प्रदेश : बजेट वक्तव्य प्रदेश सभामा पेस गर्न स्वीकृति
काठमाडौँ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ । शनिबार बसेको बैठकले सो निर्णय गरेको हो ।
‘कोशी प्रदेश आर्थिक विधेयक, २०८१ र कोशी प्रदेश विनियोजन विधेयक, २०८१ तथा आगामी आर्थिक वर्ष २८०१/८२ को बजेट वक्तव्य, कार्यक्रम पुस्तिका, स्रोत गत र शीर्षकगत व्ययको विवरण एवं मध्यमकालिन खर्च संरचना (२०८१/८२–२०८३/८४) प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरियो,’ प्रवक्ताद्वारा जारी प्रेस नोटमा भनिएको छ ।
त्यस्तै, प्रदेश योजना आयोग, कोशी प्रदेशबाट तयार गरिएको कोशी प्रदेशको दोस्रो आवधिक योजना (०८१/०८२–०८५/८६) परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरिएको छ ।
यसै गरी धिमाल जातीको प्रमुख पर्व जातिरी/सिरिजातको अवसरमा कोशी प्रदेशमा रहेका धिमाल जातिका लागि मात्र असार २ गते सार्वजनिक बिदा दिने पनि सरकारले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण