कोशी प्रदेश : खानेपानी तथा ऊर्जामा ४ अर्ब ७६ करोड
विराटनगर । कोशी प्रदेश सरकारले खानेपानी तथा ऊर्जामा ४ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ । प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
प्रदेश भित्रका सबै नागरिकको घरमा विद्युत् योजना कार्ययोजना बनाएर कार्यान्वयन गरिने । लघु जलविद्युत् योजनाहरूको विस्तृत अध्ययन र सर्वेक्षण गरेर राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने योजना समावेश छ ।
धार्मिक पर्यटकीय स्थलमा सौर्य ऊर्जा प्रयोग गरिने, प्रदेश सरकारको लगानीमा जनताको जलविद्युत आयोजना निर्माण गर्न लगानी सुनिश्चितता गर्ने, विद्युतीय सवारी साधनको ब्याट्री स्वदेशमै उत्पादन गर्ने उद्योगलाई अनुदान दिने बजेटमा व्यवस्था छ । यस्तै सार्वजनिक स्थानमा धारा जडान गर्ने र स्वच्छ पानीका लागि वाटर फिल्टर मेसिनहरू जडान गर्ने, पहाडी क्षेत्रमा सुक्दै गएका पानीका स्रोतहरूको संरक्षण गरिने । यस्तै एक घर एक धाराको अवधारणा अनुसार बजेट विनियोजन गरेको छ । कन्काइ नदीमा विद्युतीय शव दाहस्थल निर्माण गर्ने जस्ता योजनाहरू समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण