बजेट
सुदूरपश्चिम प्रदेशको बजेट प्रस्तुत गर्दै मन्त्री पाल
शनिबार, ०१ असार २०८१, १६ : ४८
सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा आगामी आर्थिक वर्षको वार्षिक आय र व्ययको अनुमान प्रस्तुत गरेका हुन् ।
मन्त्री पालले प्रदेश पूर्वाधार, शिक्षा र स्वास्थ्य तथा प्रदेशस्तरीय आर्थिक विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट बनाएका छन् । यस्तै उनले रोजगारी सृजना र उद्योगधन्दालाई समेत प्राथमिकतामा राखेको जानकारी दिएका छन् ।
मन्त्री पालले चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र ३ प्रतिशतभन्दा बढीले विस्तार हुने अनुमान रहेको बताए । गत आर्थिक वर्ष प्रदेशको आर्थिक वृद्धिदर १.४२ प्रतिशत थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण