तेस्रो प्याब्सन कप : ग्यालेक्सी र मोर्डन एरा सेमिफाइनलमा
शनिबार, ०१ असार २०८१, १८ : ५७
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको ग्यालेक्सी र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् ।
विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले एभरेस्टलाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
जितको लागि ग्यालेक्सीका निर्णायक गोल निरज चौधरीले गरे । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा मोर्डन एरालले सनसाइन स्कुललाई २–० गोलले हरायो । जितको लागि अमन माझीले दुई गोल गरे । उनी म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको आइतबारको पहिलो खेल गोदावरी र सगरमाथा स्कुलबिच र दोस्रो खेल सेन्ट जोसेफ र डिपिएस स्कुलबिच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण