कवि विमल कोइराला सम्मानित
विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चले वरिष्ठ कवि डा. विमल कोइरालालाई सम्मान गरेको छ । साढे चार दशकदेखि नेपाली साहित्यमा सक्रिय कोइरालालाई शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मञ्चले सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, राजनैतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले पूर्वमुख्यसचिवसमेत रहनुभएका कोइरालालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । मञ्चले हरेक महिनाको पहिलो शनिबारमा सिर्जना वाचन र एकजना स्रष्टालाई सम्मान गर्दै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगर महानगरपालिकाले भौतिक विकाससँगै यहाँको भाषा, साहित्य, कला र संस्कृतिको विकासमा योजनाबद्ध रूपमा कार्य गरिरहेको बताए । उनले विराटनगरको पहिचान खोज्ने बेला आएको समेत उल्लेख गरे ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विश्लेषक प्राध्यापक कृष्ण पोखरेल, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, प्राज्ञ विवश पोखरेल, साहित्यकार रोहिणी रसिक, लक्ष्मी पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसै गरी सोही अवसरमा देवी पन्थी, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, प्रिन्स प्रमोदकुमार ढकाल, ऋषि तिवारी, स्वीकृति रेग्मी मुना, भूपाल अधिकारीलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण