युरो २०२४ : हंगेरीलाई हरायो स्वीट्जरल्यान्डले
शनिबार, ०१ असार २०८१, २० : ५०
काठमाडौँ । स्वीट्जरल्यान्डले हंगेरीलाई हराउँदै युरो २०२४ मा विजयी सुरुवात गरेको छ । समूह ए अन्तर्गतको खेलमा स्वीट्जरल्यान्ड ३–१ गोलले विजयी बन्यो ।
खेलको १२ औँ मिनेटमा क्वाडवो डुआले स्वीस टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा मिकेल एबिस्चरले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा बर्नबास भार्गाले गोल गर्दै हंगेरीलाई खेलमा फर्काउने प्रयास गरे । तर, इन्जुरी समयमा ब्रिल इमबोलोले गोल गर्दै स्वीस टोलीलाई तीन अङ्क सुनिश्चित गरे ।
समूहमा गोलअन्तरको आधारमा आयोजक जर्मनी शीर्ष स्थानमा छ । स्वीट्जरल्यान्ड समान अङ्कसहित दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण