चलचित्र निर्माण अघि अध्ययन र अनुसन्धान आवश्यक छ – संयोजक ज्योतिराज राई
काठमाडौँ । चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’का संयोजक ज्योतिराज राईले चलचित्र निर्माण अघि अध्ययन र अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् । अध्ययन र अनुसन्धान सहित निर्माण भएको चलचित्रको बजार प्रवर्द्धनमा सजिलो हुने उनको धारणा रहेको छ ।
शनिबार बुटवलमा मातृभाषी चलचित्र प्रवर्द्धन समिति आदिवासी र जनजाति चलचित्र महासङ्घको आयोजना र मगर चलचित्रकर्मी सङ्घ रुपन्देहीको सह–आयोजनामा आयोजित कार्यक्रममा मातृभाषी चलचित्रको निर्माण प्रवर्द्धन बजारीकरण विषयक अन्तर्क्रियामा राईले यस्तो धारणा राखेका हुन् ।
चलचित्र विकास बोर्डको सहयोगमा रहेका संयोजक राईले आदिवासी र जनजाति चलचित्रको प्रवर्द्धनको लागी समिति गठन भइसकेकोले आगामी दिनमा चलचित्रको बजारीकरण सहज हुने दाबी गरे । ‘आदिवासी जनजाति चलचित्रहरू फेस्टिभल र च्यारिटीमा मात्र सीमित नभएर अन्य चलचित्रहरूसँग पनि प्रतिस्पर्धामा जाने गरेका छन्’, उनले भने ‘त्यसैले चलचित्र निर्माण गर्दा आदिवासी जनजातिहरूको भावनामा ठेस लाग्ने, उनीहरूको भाषा कला, साहित्य र संस्कृतिमा आँच आउने कुरामा ध्यान दिनपर्छ ।’ चलचित्र मार्फत नयाँ पुस्तामा संस्कृति सिकाउने भएकाले पनि चलचित्र निर्माण गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा आदिवासी चलचित्रकर्मी महासङ्घका अध्यक्ष पुर्खाजीत राईले आदिवासीहरू नेपालका मूलवासी भएकाले आफूहरूको भाषा नै नेपालको मूल भाषा भएको बताए । उनले आदिवासीका भाषामा बनेका चलचित्रहरूलाई विश्व बजारमा पुर्याउने काम महासङ्घको रहेको बिचार राखे ।
कार्यक्रममा मातृभाषा र सामुदायिक मुद्दामा आधारित चलचित्र निर्माण, निर्देशन र प्रवर्द्धनमा विशेष योगदान पुर्याउने मेजन पुन मगर, धनबहादुर गुरुङ र छबिलाल(कोपिला) चौधरीलाई सम्मान समेत गरिएको कार्यक्रममा कलाकार तथा निर्माता धनबहादुर गुरुङले सरकारले जनजातिहरूको भाषा संस्कृतिलाई दमन गरेकै कारण आदीवासीहरुको कथामा निर्माण गरिएको चलचित्रहरूले बजार पाउन नसकेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण