इजरायली प्रधानमन्त्री नेतन्याहुद्वारा युद्ध मन्त्रिपरिषद् विघटन
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ६ सदस्यीय युद्ध मन्त्रिपरिषद् विघटन गरेका छन् । एक साताअघि बेन्नी गान्ट्ज र गादी इसेनकोटले युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए । यी दुवै युद्ध मन्त्रिपरिषद्का महत्त्वपूर्ण सदस्य थिए । गान्ट्ज र इसेनकोटको राजीनामा आएको करिब एक हप्तामै नेतान्याहुले युद्ध मन्त्रिपरिषद् विघटन गरेका हुन् ।
इजरायली मिडिया रिपोर्टका अनुसार गाजामा हमाससँग जारी युद्धसम्बन्धी संवेदनशील मुद्दाहरू अब एउटा सानो प्लेटफर्ममा छलफल गरिनेछ । मन्त्रिपरिषद्मा अति दक्षिणपन्थी सहयोगीहरूले राखेका मागले नेतान्याहूको समस्यालाई निरन्तर बढाइरहेको थियो । यी मागका कारण अमेरिकालगायत अन्य अन्तर्राष्ट्रिय सहयोगीहरूसँग इजरायलको सम्बन्ध पनि तनावपूर्ण बन्ने देखिएको थियो ।
यो निर्णयले आफ्नो काममा असर नपर्ने इजरायली सेनाले बताएको छ । गाजामा तनाव अन्त्य भएको अवस्थामा नेतान्याहूसँग कुनै योजना नभएको आरोप लगाउँदै बेनी गान्ट्ज र गादी इसेनकोटले युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिए । अक्टोबर ७ मा हमासको आक्रमणपछि नेतान्याहुले युद्ध मन्त्रिपरिषद् गठन गरेका थिए । यस मन्त्रिपरिषद्मा दुई पूर्व सेना प्रमुख पनि सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङको फिल्म ‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक
-
‘लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक’
-
रोपाइँः हिलोबाट भातसम्म
-
‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी’ (तस्बिरहरू)
-
राष्ट्रियसभाको अर्को बैठक बुधबार बस्ने
-
१ प्रतिशत शुल्क प्रस्तावको चौतर्फी विरोध, मन्त्रालय भन्छ, ‘सच्याउँछौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण