सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

फिल्म ‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक

सोमबार, १५ असार २०८३, १५ : ४७
सोमबार, १५ असार २०८३

सारांश

  • अभिनेता माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ को फर्स्टलुक असार १५ को अवसरमा सार्वजनिक गरिएको छ ।
  • सार्वजनिक तीन पोस्टरले चलचित्रको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, सङ्घर्ष र ग्रामीण परिवेशलाई कलात्मक ढङ्गबाट चित्रण गरेको छ ।
  • चलचित्र हरितालिका तीजको अवसर पारेर भदौ २६ गते देशभर प्रदर्शनमा आउनेछ ।

काठमाडौँ । अभिनेता माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ को  फर्स्टलुक सार्वजनिक गरिएको छ । असार १५ को अवसर पारेर चलचित्रका तीन पोस्टर फस्ट लुक्सको रूपमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरहरूले चलचित्रको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, सङ्घर्ष र ग्रामीण परिवेशलाई कलात्मक ढङ्गबाट चित्रण गरिएको छ । पोस्टरहरूले ‘पेन्सन पट्टा’ पूर्व लाहुरेको जीवन कथाको अलावा नेपाली समाज, पारिवारिक सम्बन्ध र मानवीय मूल्यको गहिरो कथा समेत उठाएको आभास गराउँछ ।

चलचित्रले आशा, सङ्घर्ष र मानवीय संवेदनालाई केन्द्रमा राख्दै जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने प्रयासको कथा प्रस्तुत गर्ने निर्देशक गुरुङले बताए । चलचित्र माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधर लगायत कलाकारको अभिनय छ । कथा तथा निर्देशन माओत्से गुरुङकै रहेको चलचित्रको छायाङ्कन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, गीतमा मनोज थापा मगर, शिव बराइली र सुरज तमुको सङ्गीत सुन्न पाइनेछ । चलचित्रको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ ।

चलचित्र हङकङ, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतमा पनि रिलिज हुने भएको छ । चलचित्र हरितालिका तीजको अवसर पारेर भदौ २६ गते देशभर प्रदर्शनमा आउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप