उद्घाटनअघि नै भत्कियो करोडौँ खचिएर बनाइएको पुल
बिहार । बिहारको अररिया जिल्लाको सिकटीमा बकरा नदीमाथि बनाइएको एउटा पुल मंगलबार भत्किएको छ । यो पुलको छिटै उद्घाटन हुँदै थियो । तर उद्घाटन अघि नै करोडौं भारु खर्चेर बनाइएको सो पुल भत्कियो । सिकटी प्रखन्ड क्षेत्रको पडरिया घाटमा सो पुल बनाइएको थियो ।
जानकारीका अनुसार पुल १२ करोड भारु लागतमा बनाइएको हो । मंगलबार पुलको ३ ओटा पिल्लर नदीमा भाँसिएपछि पुल भत्किएको बताइएको छ । सय मिटर लामो सो पुल जिल्लाको ग्रामीण कार्य विभागले बनाएको थियो । जमिनमा पिल्लर बनाएर गाडिएको थियो । त्यहाँसम्म पुग्ने बाटो भने बनिसकेको थिएन । पुल पूरै तयार पनि भइसकेको थिएन ।
बिहारमा पुल भत्किएको घटना यो पहिलो हैन । हालैका वर्षमा यस्ता घटनाहरू नियमित रुपमा आइरहेका छन् । गएको वर्ष जूनमा सुल्तानगञ्जमा गंगा नदीमा निर्माणधिन पुल भत्किएको थियो । यो वर्षको मार्चमा सुपौलमा कोशी नदीमा बनेको पुलको स्ल्याब खस्दा एक कामदारको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण