संसद् बैठक
कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधि सभा बैठक स्थगित
बुधबार, ०५ असार २०८१, १८ : ०७
काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कर्मचारीहरूले असहयोग गरेपछि बुधबार प्रतिनिधि सभाको बैठक स्थगित भएको हो ।
यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो । तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि पेलेर संसद् चलाउन थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेका थिए ।
त्यसपछि सांसदहरूले आफूहरूलाई प्रश्न सोध्न दिइएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै विरोध जनाएका थिए । सांसदहरूले ‘ब्ल्याक आउट’मा सदन नचलाउन आग्रह गरेपछि सभामुखले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएर पूरक प्रश्न लिएपछि त्यसको जवाफ दिन नपाउँदै बैठक स्थगित गरेका हुन् । प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण