डी कक र मार्क्रमको शतकीय साझेदारी, अमेरिकासामु १ सय ९५ रनको लक्ष्य
बुधबार, ०५ असार २०८१, २१ : ५३
काठमाडौँ । टी–२० विश्वकपमा सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकासामु जितका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको हो ।
दक्षिण अफ्रिकाका लागि ओपनर क्वीन्टन डी ककले सर्वाधिक ७४ रनको योगदान दिए । उनले मात्र ४० बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।
डी ककसँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका कप्तान ऐडन मार्क्रमले ३२ बलमा ४६ रन जोडे । उनले चार चौका र १ छक्का हिर्काए ।
हेनरिच क्लासनले २२ बलमा ३६ रन तथा ट्रिस्टन स्टब्सले १६ बलमा २० रन जोड्दै टोलीलाई विशाल योगफल तर्फ पुर्याए ।
अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिए । नेत्रभाल्करले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए । सिंहले ४ ओभरमा २४ रन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण