यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने
बिहीबार, ०६ असार २०८१, १४ : ४१
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको कार्यतालिका अनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको छ । बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको हो ।
परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ । सार्वजनिक गरिएको वार्षिक कार्य योजना अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्तसम्म गरिनेछ ।
त्यस्तै कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने २०८१ कात्तिक २६ गतेदेखि पौष ७ गतेसम्म हुनेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण