कास्कीलाई पराजित गर्दै स्याङ्जाले जित्यो गण्डकी क्रिकेटको उपाधि
बिहीबार, ०६ असार २०८१, १९ : ३०
पोखरा । घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टी–२० क्रिकेटको उपाधि स्याङ्जाले जितेको छ । बिहीबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा स्याङ्जाले ६ विकेटको जीत निकालेको हो ।
टस जितेर ब्याटिङ रोजेको कास्कीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन मात्रै जोड्यो । जबाफी ब्याटिङमा स्याङ्जाले १३.३ ओभरमै ४ विकेट गुमाएर लक्ष्य भेटायो । उपाधिसँगै स्याङ्जाले १ लाख र उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण