‘घरज्वाइँ’को नयाँ गीत ‘बिन्जुरी’ सार्वजनिक
काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत ‘घरज्वाइँ’ले नयाँ गीत ‘बिन्जुरी’ सार्वजनिक गरेको छ । एसडी योगीको सङ्गीत रहेको गीतमा राम अविरल बिस्टको शब्द तथा सङ्गीतकार योगीको स्वर रहेको छ ।
प्रेमिल शैलीको यो गीतमा दयाहाङको मिरुनाप्रतिको प्रेम आकर्षणलाई महशुष गर्न सकिन्छ। गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ। बिन्जुरीको अर्थ फूल हो ।
अनिल बुढामगरले निर्देशन गरेको फिल्म असार २८ गते रिलिज हुँदै छ। जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
फिल्ममा दयाहाङ र मिरुनाको अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
एसडी योगी, राम अविरल विष्ट, हर्क साउदको गीत र मनोज थापाको सङ्गीत रहेको फिल्मलाई एमएसएमले अस्ट्रेलिया र आरआर फिल्मसले नेपाल वितरण गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण