बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सडकमा हिँडिरहेका मानिसलाई दुःख दिने तेस्रोलिङ्गीहरू पक्राउ

आइतबार, ०९ असार २०८१, १४ : ०८
आइतबार, ०९ असार २०८१

कैलाली । सडकमा हिँडिरहेका मानिसहरूलाई अनावश्यक हैरानी दिने ६ जना तेस्रोलिङ्गीलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका–३ चटकपुर स्थित सडकबाट उनीहरूलाई वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक कवीन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेहरूमा पर्सा बस्ने २५ वर्षीया उर्मिला तावा, कैलाली घर भएकी १९ वर्षीया रेनुसिंह ठकरी, कैलालीकै १८ वर्षीया पारु ठकुरी, कैलाली घर भएकी १९ वर्षीया अनु मगर, कञ्चनपुरकी १९ वर्षीया निशा खड्का र बझाङकी १८ वर्षीया निशा बोहरा छन् ।

बोहराका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप