सडकमा हिँडिरहेका मानिसलाई दुःख दिने तेस्रोलिङ्गीहरू पक्राउ
आइतबार, ०९ असार २०८१, १४ : ०८
कैलाली । सडकमा हिँडिरहेका मानिसहरूलाई अनावश्यक हैरानी दिने ६ जना तेस्रोलिङ्गीलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका–३ चटकपुर स्थित सडकबाट उनीहरूलाई वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक कवीन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेहरूमा पर्सा बस्ने २५ वर्षीया उर्मिला तावा, कैलाली घर भएकी १९ वर्षीया रेनुसिंह ठकरी, कैलालीकै १८ वर्षीया पारु ठकुरी, कैलाली घर भएकी १९ वर्षीया अनु मगर, कञ्चनपुरकी १९ वर्षीया निशा खड्का र बझाङकी १८ वर्षीया निशा बोहरा छन् ।
बोहराका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण