राष्ट्रिय पौडी असार २२ गतेदेखि
आइतबार, ०९ असार २०८१, २२ : ०४
_9oA67OcXQU.jpg)
काठमाडौँ । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २२ देखि २३ गतेसम्म हुनेछ ।
प्रतियोगितामा खुला र उमेर समूहमा गरी जम्मा ६५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव गंगालाल गोलेले जनाएका छन् । सट कोर्स प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ । सहभागिताका लागि अनलाइन दर्ता खुला भइसकेको सचिव गोलेले बताए । खेलहरू सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा खेलाइने छ । गत वैशाख ८ गते पौडी संघको नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि संघको यो पहिलो प्रतियोगिता हो ।