राष्ट्रिय पौडी असार २२ गतेदेखि
आइतबार, ०९ असार २०८१, २२ : ०४
काठमाडौँ । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २२ देखि २३ गतेसम्म हुनेछ ।
प्रतियोगितामा खुला र उमेर समूहमा गरी जम्मा ६५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव गंगालाल गोलेले जनाएका छन् । सट कोर्स प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ । सहभागिताका लागि अनलाइन दर्ता खुला भइसकेको सचिव गोलेले बताए । खेलहरू सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा खेलाइने छ । गत वैशाख ८ गते पौडी संघको नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि संघको यो पहिलो प्रतियोगिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण