स्वतन्त्र भए जुलियन असान्ज
लन्डन । विकिलिक्सका संस्थापक जुलियन असान्ज एक वर्ष लामो कानुनी लडाइपछि बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि असान्ज रिहा भएका हुन् ।
५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेर सार्वजनिक गरेको आरोप लागेको थियो। अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो ।
जुलियन असान्ज विगत ५ वर्षदेखि बेलायतको जेलमा थुनिएका थिए र उनी अमेरिका सुपुर्दगीको मुद्दा भित्रैबाट लडिरहेका थिए । अमेरिकामा बीबीसीसम्बद्ध संस्था सीबीएस न्यूजका अनुसार असान्जले अमेरिकामा कुनै पनि समय हिरासतमा बिताउने छैनन्।
अदालतको पत्र अनुसार उनीअस्ट्रेलिया फर्किनेछन् । ‘जुलियन असान्ज स्वतन्त्र छन्,’ विकिलिक्सले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेको छ। १ हजार ९०१ दिनको कारावास पछि, उहाँ २४ जुनको बिहान बेलमार्श जेलबाट बाहिर निस्कनुभयो। उहाँले लन्डन उच्च अदालतबाट जमानत पाउनुभयाे र स्टान्स्टेड एयरपोर्टमा रिहा भएपछि बेलायत छोड्नुभयो ।
विकिलिक्सका अनुसार असान्जको रिहाइ विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयास हो। यसपछि मात्र अमेरिकासँग सम्झौता भएको थियो, यद्यपि विकिलिक्ससँग पनि यो सम्झौताको विस्तृत विवरण छैन ।
विकिलिक्सले भन्यो, ‘पाँच वर्षसम्म २x३ मिटरको कक्षमा दिनको २३ घण्टा बिताएपछि, उहाँको आफ्नी पत्नी स्टेला असान्ज र उहाँका छोराछोरीहरूसँग पुनर्मिलन हुनुहुनेछ ।’
असान्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका छन् । उनीहरूले अमेरिकासँग गरेको सम्झौताको जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव