स्वतन्त्र भए जुलियन असान्ज
लन्डन । विकिलिक्सका संस्थापक जुलियन असान्ज एक वर्ष लामो कानुनी लडाइपछि बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि असान्ज रिहा भएका हुन् ।
५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेर सार्वजनिक गरेको आरोप लागेको थियो। अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो ।
जुलियन असान्ज विगत ५ वर्षदेखि बेलायतको जेलमा थुनिएका थिए र उनी अमेरिका सुपुर्दगीको मुद्दा भित्रैबाट लडिरहेका थिए । अमेरिकामा बीबीसीसम्बद्ध संस्था सीबीएस न्यूजका अनुसार असान्जले अमेरिकामा कुनै पनि समय हिरासतमा बिताउने छैनन्।
अदालतको पत्र अनुसार उनीअस्ट्रेलिया फर्किनेछन् । ‘जुलियन असान्ज स्वतन्त्र छन्,’ विकिलिक्सले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेको छ। १ हजार ९०१ दिनको कारावास पछि, उहाँ २४ जुनको बिहान बेलमार्श जेलबाट बाहिर निस्कनुभयो। उहाँले लन्डन उच्च अदालतबाट जमानत पाउनुभयाे र स्टान्स्टेड एयरपोर्टमा रिहा भएपछि बेलायत छोड्नुभयो ।
विकिलिक्सका अनुसार असान्जको रिहाइ विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयास हो। यसपछि मात्र अमेरिकासँग सम्झौता भएको थियो, यद्यपि विकिलिक्ससँग पनि यो सम्झौताको विस्तृत विवरण छैन ।
विकिलिक्सले भन्यो, ‘पाँच वर्षसम्म २x३ मिटरको कक्षमा दिनको २३ घण्टा बिताएपछि, उहाँको आफ्नी पत्नी स्टेला असान्ज र उहाँका छोराछोरीहरूसँग पुनर्मिलन हुनुहुनेछ ।’
असान्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका छन् । उनीहरूले अमेरिकासँग गरेको सम्झौताको जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण