माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु
मङ्गलबार, ११ असार २०८१, १२ : ०२

रूपन्देही । तिलोत्तमा नगरपालिका-२ शंकरनगरस्थित सडकमा माइक्रोबसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।
शंकरनगरबाट बनबाटिकातर्फ जाँदै गरेको लु १ ख ४५६६ नम्बरको माइक्रोबसको ठक्करबाट सोही नगरपालिका(२ बस्ने बेली घर्तीकी छोरी ५ वर्षीया रेखा घर्तीको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले माइक्रोबस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध बिउ उत्पादक र वितरकलाई के हुन्छ कारबाही ?
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
२१ प्रहरी कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन चेतावनी
-
जापान भ्रमण उपलब्धिमूलक भयो : परराष्ट्रमन्त्री राणा
-
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आव्हान
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य