केयरगिभरका लागि अङ्ग्रेजी भाषामा ए२ लेभल पास गरेको हुनुपर्ने
काठमाडौँ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ८०० जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो ।
आवेदन दिनका लागि विभिन्न खालका योग्यता तोकिएको छ । जसमा यसअघि नै तय भएका २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर सम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने भन्ने छ ।
त्यो बाहेक यस पटक अङ्ग्रेजी भाषा समेत अनिवार्य तोकिएको छ । त्यसका लागि अङ्ग्रेजी भाषा परीक्षणको प्रमाण–पत्रका रूपमा ब्रिटिस काउन्सिलबाट लिइएको फाउण्डेशन इंगिल टेष्ट (फेईटी) को कम्तिमा ए२ लेभलको प्रमाणपत्र पेश गर्नुपर्ने भनिएको छ ।
विगतमा सामान्यतया अङ्ग्रेजी भाषा जानेको र ब्रिटिस काउन्सिल मात्रै नभई जुनसुकै निकायबाट समेत प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो । यो पटक भने ब्रिटिस काउन्सिलबाटै ए२ लेभलको अङ्ग्रेजी भाषा पास गरेको हुनुपर्ने मापदण्ड तय गरिएको हो ।
८०० जनामध्ये सुरूमा ५०० जना गइसकेपछि इजरायलको मागको आधारमा थप ३०० जनालाई पठाउन सकिने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको प्राथमिकता र कार्यान्वयनमा सांसदहरूको प्रश्न
-
फिल्म ‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक
-
‘लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक’
-
रोपाइँः हिलोबाट भातसम्म
-
‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी’ (तस्बिरहरू)
-
राष्ट्रियसभाको अर्को बैठक बुधबार बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण