अनमोलको ‘जेरीः अन टप’मा भित्रिइन् जसिता
मङ्गलबार, ११ असार २०८१, १७ : ३७

काठमाडौँ । सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म हो ‘जेरीः अन टप’ । फिल्मको मुख्य अभिनेत्रीको रुपमा जसिता गुरुङ भित्रिएकी छिन् । निर्माण टिमले जसितासँग सम्झौता गर्दै फिल्ममा भित्र्याएको हो ।
टिम र आफ्नो भूमिका राम्रो भएकोले फिल्ममा आफू जोडिएको जसिता बताउँछिन् । यसअघि फिल्ममा अभिनेता अनमोल केसी, आँचल शर्मा, आना शर्माले पनि काम गर्ने पक्कापक्की भएको थियो । जसिता भित्रिएसँगै फिल्ममा आना बाहिरिएको चर्चा छ । आना बाहिरिएको हो वा फिल्ममा छिन् निर्माण पक्षले केही बताएको छैन ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्ममा सरोज न्यौपाने र दीपक भण्डारीको लगानी रहनेछ । फिल्मका क्रियटिभ निर्माता रोहित अधिकारी हुन् । फिल्मको छायांकन काठमाडौँ, मुस्ताङ, लुक्ला लगायतका स्थानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानचेस्टर युनाइटेडले बर्खास्त गरे क्षतिपूर्ति दाबी गर्दिनँ : प्रशिक्षक रुबेन
-
सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान
-
जापान एयरलाइन्सको नेपालमा उडान सुरु गर्न जापानका परराष्ट्रमन्त्रीसँग आग्रह
-
सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग
-
सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी महिला प्रहरीलाई स्वागत गर्दा जे देखियो...
-
सेयर बजार १९ अङ्कले बढ्यो, बैङ्किङ समूहमा रौनक