अनमोलको ‘जेरीः अन टप’मा भित्रिइन् जसिता
मङ्गलबार, ११ असार २०८१, १७ : ३७
काठमाडौँ । सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म हो ‘जेरीः अन टप’ । फिल्मको मुख्य अभिनेत्रीको रुपमा जसिता गुरुङ भित्रिएकी छिन् । निर्माण टिमले जसितासँग सम्झौता गर्दै फिल्ममा भित्र्याएको हो ।
टिम र आफ्नो भूमिका राम्रो भएकोले फिल्ममा आफू जोडिएको जसिता बताउँछिन् । यसअघि फिल्ममा अभिनेता अनमोल केसी, आँचल शर्मा, आना शर्माले पनि काम गर्ने पक्कापक्की भएको थियो । जसिता भित्रिएसँगै फिल्ममा आना बाहिरिएको चर्चा छ । आना बाहिरिएको हो वा फिल्ममा छिन् निर्माण पक्षले केही बताएको छैन ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्ममा सरोज न्यौपाने र दीपक भण्डारीको लगानी रहनेछ । फिल्मका क्रियटिभ निर्माता रोहित अधिकारी हुन् । फिल्मको छायांकन काठमाडौँ, मुस्ताङ, लुक्ला लगायतका स्थानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण