स्पेस स्टेसनमा अलपत्र परिन् सुनिता
वाशिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स नासाको इन्टरनेशनल स्पेस स्टेसन (आईएसएस)मा अलपत्र परेकी छिन् । सुनिता र अर्का सहयात्री बुच विल्मोरलाई बोकेर गएको बोइङको क्याप्सुलमा समस्या देखिएपछि दुवै जना कहिले पृथ्वी फर्किन्छन् भन्ने टुङ्गो लाग्न नसकेको बताइएको छ ।
सुनिता र बुच यही जुन ६ मा बोइङको स्टारलाइनर स्पेस क्याप्सुल चढेर स्पेस स्टेसन गएका थिए । नासाले तेस्रो पटक पनि उनीहरूलाई फर्काउने योजना स्थगित गर्नु परेको छ । यसले ती दुवै स्पेस स्टेसनमै फस्ने हुन् कि भन्ने चिन्ता बढाएको छ ।
बोइङको यो मिसन सुरुदेखि नै समस्यामा फस्दै आएको थियो । यसकै कारण क्याप्सुलको उडान धेरै पटक स्थगित गरिएको थियो । तर अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) पुगेर फर्किने क्रममा क्याप्सुलमा फेरि समस्या देखिरहेको छ । बोइङले एक विज्ञप्ति जारी गर्दै स्पेस क्याप्सुलमा थ्रस्टर फेलियर र लिक भल्भ जस्ता प्राविधिक समस्या आइरहेको र यसलाई समाधान गर्न केही समय लाग्ने भएकोले सुनिता र बुचलाई पृथ्वीमा फर्काउन समय लागिरहेको बताइएको छ ।
स्पेस क्याप्सुलमा देखिएको समस्या नहट्दै फर्काउन खोज्दा ठुलो दुर्घटना हुन सक्ने भयले नासाले जोखिम मोल्न चाहेको छैन । सुनिता र बुच ९ दिन आईएसएसमा बसेर जुन १५ मा पृथ्वीमा फर्किँदै थिए । तर नासाले उनीहरू फर्किने मिति तीन पटक सारिसकेको छ । उनीहरू अब कहिले फर्किन्छन् भन्ने पनि स्पष्ट छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण