१९ नगरपालिका बजेट ल्याउन असफल
मङ्गलबार, ११ असार २०८१, २० : ०९
काठमाडौँ । देशभरका १९ नगरपालिका तोकिएको समय असार १० मा बजेट ल्याउन असफल भएका छन् ।
जनकपुर उपमहानगरपालिका र धरान उपमहानगरपालिकासहित १९ नगरपालिकाले बजेट ल्याउन नसकेका हुन् । देशभर २ सय ९३ नगरपालिका (महानगर र उपमहानगरसमेत) रहेका छन् ।
संघले २ सय ७५ नगरले तोकिएकै समयमा बजेट ल्याएको जनाएको छ । यसैबिच देशभरका ४ सय २९ गाउँपालिकाले बजेट ल्याएका छन् ।
४ सय ६० गाउँपालिकामध्ये ४ सय २९ अर्थात ९३ प्रतिशत गाउँपालिकाहरूले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेस गरेको गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिमबहादुर थापाले जानकारी दिए ।
बाँकी ३० वटा गाउँपालिकाहरूमा सभाको अधिवेशन नै सुरु हुन नसकेको र एउटा गाउँपालिकामा सम्पर्क हुन नसकेको उनले बताए । देशभर ७५३ स्थानीय तह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण