इरानको राष्ट्रपति निर्वाचनमा सुधारवादी नेतालाई अग्रता
तेहरान । इरानमा शुक्रबार भएको राष्ट्रपतीय निर्वाचनमा भएको मतदानपछि मतगणनाको रुझान आइरहेको छ जसमा अहिले सुधारवादी नेता भनिने मसुद पेजेस्कियानले अग्रता लिइरहेको देखिन्छ । पेजेस्कियानले अहिलेसम्म अग्रता बनाउँदै सइद जलिलीभन्दा १० लाख मतले अगाडि छन् ।
हिजो भएको मतदानमा रेकर्ड गिरावट देखिएको थियो । यसले इरानको सरकारी प्रणालीको वैधतामा गिरावट आएको संकेत गर्ने विज्ञहरु बताउँछन् ।
इरानको चुनावमा उम्मेदवार रहेका चार जना उम्मेदवारलाई अल्ट्रा-कन्जरभेटिभ गार्डियन काउन्सिलले चयन गरेको थियो। यो परिषद् सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले तय गरेका थिए।
६९ वर्षीय मसुद पेजेस्कियान सुधारवादी भएकाले चुनाव लड्नु ठूलो निर्णय भएको बताइएको छ । उनी पूर्व मुटु शल्यचिकित्सक हुन् भने स्वास्थ्यमन्त्री भइसकेका छन् ।
उनले इरानमा महिलाको कडा ड्रेस कोडमा इरानको मोरालिटी पुलिसको कारबाहीलाई अनैतिक भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण