आर्थिक विधेयक- २०८१ मा संशोधित व्यवस्था दुरुपयोग हुने सम्भावना छैन : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक,२०८१मा संशोधित व्यवस्था दुरुपयोग हुने सम्भावना नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक- २०८१ को छलफलमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
उनले आर्थिक विधेयक-२०८१ मार्फत आयकर ऐन,२०५८ को दफा ५७ मा गरिएको व्यवस्थाले कम्पनीको लगानी वृद्धि र नयाँ साझेदार थपगर्दा कर छुटको व्यवस्थाले लगानीलाई प्रोत्साहन गर्ने बताए । उनले कम्पनीले नयाँ शेयर होल्डरमार्फत पुँजी वृद्धि गर्ने प्रक्रियालाई मात्रै सहुलियत दिन खोजिएको बताए । उनले संशोधन विधेयकमा कम्पनीको शेयरको खरिद बिक्रीलाई सहुलियत अर्थात कर छुट नदिएको समेत बताए । उनले नयाँ साझेदार र पुँजी वृद्धिलाई मात्रै छुट् दिने व्यवस्थाले स्टार्टपहरुलाई राम्रो गर्छ भन्ने सरकारको धारणा रहेको बताए ।
अर्थमन्त्री पुनले विधेयक संशोधनमा शेयरवाला र पुँजी यथावत् रहने बताए । उनले कम्पनीको पहिलाको अवस्थालाई कायम राखी नयाँ पुँजी वृद्धि मात्रै गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण