लुम्बिनी प्रदेशका सभामुख र बेलायती दूतावासको टोलीबिच भेटवार्ता

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर र नेपालस्थित बेलायती दूतावासको टोलीबिच भेटवार्ता भएको छ । आइतबार दाङको देउखुरीस्थित लुम्बिनी प्रदेशका सभामुखको कार्यकक्षमा भएको भेटमा बेलायती दूतावाससँगको सहकार्यमा लुम्बिनी प्रदेशमा गर्न सकिने कार्यक्रमको विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
नेपालस्थित बेलायती दूतावासको प्रशासन तथा सेवा प्रमुख डा.एन्ड्रय लङको नेतृत्वमा आएको बेलायती दूतावासको टोलीले लुम्बिनी प्रदेशमा प्रकृति संरक्षण, स्थानीय तहलाई भौतिक पूर्वाधार विकासमा सहयोग, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि, आर्थिक तथा वित्तीय क्षेत्रमा परामर्श सेवामा सहकार्य गर्न सकिने विषयमा परामर्श भएको थियो ।
त्यसक्रममा सभामुख घर्तीमगरले स्वास्थ्य र शिक्षामा तराईका जिल्लाहरूमा, प्रकृति संरक्षणमा पहाडी जिल्लाहरू र समग्र आर्थिक विकासमा लुम्बिनी प्रदेशलाई केन्द्रित गरि कार्यक्रम तय गर्न सुझाव दिए । चुरे शृङ्खला क्षेत्रमा वातावरण जोगाउँदै जनताको आधारभूत आवश्यकता आपूर्तिको लागी भौतिक संरचना निर्माण गर्न चुनौतीपूर्ण रहेको जानकारी गराउँदै सभामुख घर्ती मगरले यस क्षेत्रलाई प्राथमिकता दिन आवश्यक रहेको बताए ।
भेटमा नेपालस्थित बेलायती दूतावासको प्रशासन तथा सेवा प्रमुख डा लङले सुझावअनुसार दूतावासले कार्यक्रम तय गर्ने आश्वासन दिए । तेजेन्द्र केसीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षपछि जब राजेश हमाल अष्टनारायण हल पुगेँ...
-
अनलाइन पत्रकारको अध्यक्षमा शिव सत्याल निर्विरोध निर्वाचित
-
गुचीको साडीमा कान्स पुगिन् आलिया
-
जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
-
जेठ अन्त्यसम्ममा ग्वार्को फ्लाईओभर पूरा हुन्छ : मन्त्री दाहाल
-
सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारीहरूले धर्ना