बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छ : सांसद श्रेष्ठ
काठमाडौँ । नेकपा(एमाले) का सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले बीआरआई परियोजनाको सम्बन्धमा विभिन्न टिप्पणीहरु हुने गरेको भन्दै सरकारले सम्झौता गरिसकेको कुरालाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले सम्झौता कार्यान्वयन गर्ने कुरा दुई देश बिचको विश्वसनीयतासँग पनि सम्बन्धित भएको बताए ।
‘दुई देशबिचको महत्वपूर्ण योजना हो । जसले नेपालको विकासमा धेरै ठुलो महत्व राख्छ । जुन एमओयुमा सम्झौता भएको छ, नेपालको हितलाई ध्यानमा राखेर अहिलेको सरकारले कार्यान्वयनसम्बन्धी जुन सम्झौता छ, यसलाई नेपालको हितमा अगाडी बढाउनुपर्छ । यसमा दुई मत छैन । त्यसको लागि दुई देश बिचको विश्वसनीयताको कुरा हो ।’
भारत लगायतका देशहरुसँग गरिएका सम्झौताहरुलाई पनि कार्यान्वयन गर्नुपन बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण