शक्ति र सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन भयो : सांसद रोकाय
काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले विनियोजन विधेयकका शीर्षक मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरीत रहेको आरोप लगाएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै रोकायले बजेट मन्त्रीहरूले आफूखुसी ल्याएको बताएका हुन् ।
उनले मन्त्रीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै जिल्ला, निर्वाचन क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार, दुरुपयोग गरेको पुष्टि भएको बताए । उनले बजेट विनियोजन शक्ति र सत्ताको दुरुपयोग गरेर ल्याएको बताए ।
उनले भने, ‘आर्थिक वर्ष २०८१/०८२ का बजेटका सिद्धान्त र प्राथमिकतालाई टेकेर सोका आधारमा यो बजेट आयो की आएन भन्ने कुरा मुख्य हो । बजेट निर्माण गर्दा कुनै न कुनै मापदण्डमा टेकेर निर्माण गरिन्छ । तर अहिलेका विनियोजनका विभिन्न शीर्षक हेर्दा बिना मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरीत मन्त्रीहरूले आफूखुसी बजेट ल्याएको देखियो । यो बजेटलाई समग्रतामा हेर्दा मूल्य मान्यतामा नै त्रुटि देखियो । मन्त्रीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै जिल्ला, निर्वाचन क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार, दुरुपयोग गरेको पुष्टि भएको छ । यो शक्ति र सत्ताको ठाडो दुरुपयोग हो । बजेटको मूल्य मान्यतामा नै गम्भीर त्रुटि देखियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण