कांग्रेसले मर्यादा विपरीत गतिविधि गर्यो : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबिच ९ बुँदे सहमति भएसँगै सदन चलेको छ ।
सहमति पश्चात् सञ्चालन भएको सदनमा बोल्दै मुख्यमन्त्री यामलाल कँडेलले सरकार केही सुधार हुने गरी अघि बढेको बताएका छन् । उनले कांग्रेसले मर्यादा विपरीत गतिविधि गरेको भन्दै सचेत समेत गराए । मुख्यमन्त्री कँडेलले बजेटको सन्दर्भमा सबै कुरा सही छन् भन्ने पक्षमा आफू नरहेको पनि बताए ।
‘बजेटमा सबै कुराहरू सही छन् भन्ने पक्षमा म छैन, म त सुधार गरेर जानुपर्छ भन्ने पक्षमा हो,’ उनले भने, ‘म विश्वास दिलाउन चाहन्छु कि मैले विगतमा ९प्रतिपक्षमा हुँदा० जे भनेको थिएँ त्यसबाट म विचलित छैन ।’
कँडेलले आफू प्रतिपक्षीमा हुँदा सुशासन र सरकारको विषयमा जे बोलिएको थियो उक्त कुरामै रहेर अघि बढ्ने प्रयत्न गरिरहेको तर सबै कुराहरू भनेजस्तो नहुने बताए । उनले अहिले प्रदेश सभामा भइरहेको अभ्यास हिजोको जस्तो नभएको प्रस्ट पारे ।
कँडेलको उक्त भनाइ आइतबार अर्थमन्त्री महेन्द्र केसीलाई रोष्ट्रममा जाँदा कांग्रेस सांसदले तानातान गरेको र असार ६ गते सभामुखले बैठक प्रारम्भ नगर्दै हलबाट बाहिरिएको विषयप्रति लक्षित छ । साथै उनले प्रतिपक्षले मर्यादा कायम नगरेको कुरा पनि उल्लेख गरे । ‘मर्यादा कायम गरे बृहत् रूपमा सभामा छलफल गरेर सभाको गरिमा बचाउन सकिन्थ्यो,’ उनले भने । यस्तै उनले कांग्रेसले धैर्यता कायम गर्न नसकेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण