काठमाडौँ महानगरभित्र ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या १३.७७ प्रतिशत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट २०८० सालको एसईई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७%) विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । गएको वर्ष १५० जना (३.८३%) विद्यार्थीले यो नतिजा प्राप्त गरेका थिए । यसरी हेर्दा गएको वर्षभन्दा यसमा वर्ष २५९% सुधार आएको छ ।
५८ वटा सामुदायिक विद्यालयबाट यस वर्ष ३ हजार ९५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कुल परीक्षार्थीमध्ये ३ हजार ८६ जना (७८%) उत्तीर्ण भएका छन् । ८७३ जना (२२%) ले पुनः परीक्षा दिनुपर्ने भएको छ । गएको वर्ष ३ हजार ९१२ जना आवेदक थिए ।
झाकाअनुसार ३.६० देखि ३.२१ सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष १ हजार ५० जना (२६.५२%) छ । गएको वर्ष यो सङ्ख्या ४८८ जना (१२.४५ %) थियो । यो समूहमा गएको वर्षभन्दा यस वर्ष ११३% ले नतिजा वृद्धि भएको छ ।
३.२० देखि २.८१ जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष १ हजार ८० जना (२७.२८%) छ । गएको वर्ष ८०९ जना (२०.६३%) थियो । यस वर्ष गएको वर्षभन्दा ३२ प्रतिशत सङ्ख्या वृद्धि भएको छ । यस्तै २.८० देखि २.४१ जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष ३९५ जना (९.९८%) छ । यसमा गएको वर्ष ९८२ जना (२५.०४ %) थियो । यस्तै २.४० देखि २.०१ जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष १६ जना (०.४०%) छ । गएको वर्ष यो सङ्ख्या ९२३ जना (२३.५४%) थियो । यो नतिजाले कम सङ्ख्या ल्याउने विद्यार्थीको सङ्ख्या घटिरहेको र धेरै अङ्क ल्याउने विद्यार्थीको सङ्ख्या बढिरहेको झाको भनाइ छ ।
२ र त्यसभन्दा तल जीपीए ल्याउने विद्यार्थीको सख्या ८७३ छ । यो २२.०५% हो । गएको वर्ष यस समूहमा ५६९ जना अर्थात् १४.५२ प्रतिशत विद्यार्थी थिए ।
विश्व निकेतनका ४ जना विद्यार्थीले ल्याए ४ जीपीए
काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका ४ जना विद्यार्थीले जीपीए ४ ल्याएका छन् । यो नेपालभरिका सामुदायिक विद्यालयमध्येकै उत्कृष्ट सङ्ख्या हो । यससँगै ज्ञानोदय माध्यमिक विद्यालय, वाफलका ३ जना, रत्नराज्य माध्यमिक विद्यालय, मध्य बानेश्वरका २ जना र तरुण माध्यमिक विद्यालय, बालाजुका १ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । यसरी महानगरपालिकाभित्रका ५८ विद्यालयमध्ये ४ वटा विद्यालयका १० जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेको हुन् ।
उत्कृष्ट नतिजाका लागि महानगरपालिकाको प्रयत्न
प्राप्त नतिजा महानगरपालिकाले सञ्चालन गरेको शैक्षिक सुधार कार्यक्रमको उपलब्धि हो । नतिजा सुधार कार्यक्रमअन्तर्गत विद्यालयको आवश्यकताअनुसार २ देखि ३ महिनासम्म गणित, विज्ञान र अंग्रेजी विषयका लागि विशेष कक्षा सञ्चालन गरिएको थियो । सिकाई उपलब्धिका लागि उपचारात्मक कक्षा सञ्चालन गर्न विद्यालयले माग गरेअनुसार काठमाडौँ महानगरपालिकाले अनुदान रकम उपलब्ध गराएको थियो । कार्यक्रम र बजेट हुँदा पनि सक्षम जनशक्तिको अभावमा नतिजा प्राप्त गर्न नसकिने हुँदा काठमाडौँ विश्वविद्यालयबाट सिकाइ सुधारका विशेषज्ञ शिक्षकको उपलब्धता गराइएको थियो ।
पुस्तकरहित शुक्रबारको माध्यम बाट सह–पाठ्यक्रम र अतिरिक्त क्रियाकलापमा जोड दिँदै विद्यार्थीको बहुआयामिक सिकाइको अभ्यास गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण