लगानीकर्ता–ब्रोकर विवाद धितोपत्र बोर्डमा
काठमाडौँ । सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) ले केही लगानीकर्तालाई सेयर बिक्री गरेबापतको भुक्तानी नदिएको विवाद नेपाल धितोपत्र बोर्डमा पुगेको छ । १० जनाभन्दा बढी लगानीकर्ताले सेयर बिक्री गरेको रकम भुक्तानी नदिएको भन्दै लगानीकर्ता दीपेन्द्र अग्रवालले ब्रोकर नम्बर २० विरुद्ध नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), केन्द्रीय अनुसन्धान ब्युरोलगायतमा उजुरी दिएका छन् ।
उनले आफ्नो परिवार, आफन्त तथा कम्पनीहरूले सेयर बिक्री गरेबापत ब्रोकर नम्बर २० बाट सात करोड ८८ लाख १९ हजार लिन बाँकी रहेको बोर्डमा दिएको उजुरीमा उल्लेख छ । उनका अनुसार यो साढे दुई वर्षयताको हो । त्यसमा ब्याजसमेत थप गर्दा १० करोड ८८ लाखभन्दा बढी रकम बक्यौता रहेको उनले उजुरीमा उल्लेख गरेका छन् ।
उनले उक्त रकम तुरुन्तै भुक्तानी गराई ब्रोकरलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न अनुरोध गरेका छन् । बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक डा.नवराज अधिकारीले यस सम्बन्धमा उजुरी परेको पुष्टि गरे । ‘यस सम्बन्धमा उजुरी दर्ता भएर अनुसन्धान प्रक्रिया अघि बढेको छ । अनुसन्धानकै विषय भएर अहिले यसबारे केही बोल्न मिल्दैन,’ उनले भने ।
यस्तै, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले पनि यस सम्बन्धमा उजुरी आएको बताए । ‘यसमा हामीलाई निर्णायक अधिकार छैन । आवश्यक अध्ययन गरेर सेबोनलाई प्रतिवेदन बुझाउने हो । उजुरी परेपछि दुवै पक्षको कुरा सुन्यौँ । उहाँहरूलाई यस्तो घटनामा कस्तो कानुनी प्रक्रिया हुन सक्छ भनेर जानकारी पनि दिएका छौँ,’ उनले भने, ‘त्यसपछि उहाँहरू सम्पर्कमा आउनुभएको छैन ।’
यता ब्रोकर २० का महाप्रबन्धक किसान अग्रवालले दीपेन्द्र अग्रवालको समूह हिसाब गर्न नआउँदा भुक्तानीमा ढिलाइ भएको बताए । ‘उहाँहरू १०–१५ जनाको समूह हुनुहुन्छ । हाम्रै ब्रोकरबाट नियमित कारोबार गर्नुहुन्छ । तर, हिसाब मिलान गर्न आउनुभएन’ उनले भने ।
नेप्से स्रोतका अनुसार दीपेन्द्र अग्रवालको समूहले पनि ब्रोकरलाई ठूलो रकम दिनुपर्ने देखिएको छ । ‘उहाँ (दीपेन्द्र अग्रवाल) कै नाममा त देखिन्न । तर, ब्रोकरले उहाँको समूहका केही खाताबाट सेयर खरिद भए पनि पैसा भुक्तानी नभएको आधार पेस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण