रोल्पा जिप दुर्घटना अपडेट : नाबालकसहित ७ जनाको मृत्यु, ८ जना घाइते
बुटवल । रोल्पा तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित ७ जनाको मृत्यु भएको छ। पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको हो ।
माडी गाउँपालिका वडा नं. ४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका परेवा छहरामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा माडी गाउँपालिका–३ तालावाङका वर्ष ३३ की जुनमाया खड्का, सोही ठाउँ बस्ने वर्ष ७७ का खडकबहादुर डाँगी, दाबाङ निवासी वर्ष ३० की अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सी निवासी वर्ष ३३ की रामकली पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
यस्तै रेऊघा अस्पतालमा उपचारका लागि पुर्याइएका माडी गाउँपालिका–३ दाबाङ निवासी ७० वर्षीय झुपलाल डाँगी र सोही ठाउँ निवासी एक महिलाको मृत्यु भएको छ । तर, ती महिलाको नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १० जनालाई घर्तीगाउँ स्मृति अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि रेउघा जिल्ला अस्पतालमा रिफर गरिएको छ ।
अस्पताल रिफर हुनेमा माडी गाउँपालिका २ घर्तीगाउँ निवासी वर्ष ६ का हिटलर खड्का, तालाबाङ् निवासी वर्ष ६० की कर्मा बुढामगर, वर्ष ४२ की बरमाली घर्ती, वर्ष ३७ का खगेन्द्र बाठा, वर्ष १३ की प्रतिभा बुढामगर, परिवर्तन गाउँपालिका–२ नाफे वर्ष ४५ का दीपक थापा (चालक), गंगादेव गाउँपालिका–७ का ५० वर्षीय नैनसिंह पुन र माडी गाउँपालिका–३ दाबाङका वर्ष ४० की दिलकुमारी बुढा मगर रहेका छन् ।
रोल्पा जलजला यातायात प्रालिबाट सञ्चालित उक्त जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् । पानी परेका कारणले उद्धार समस्या भएको छ । घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुषको पिसाबमा रगत आउनुको कारण के हो ?
-
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
-
राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
-
प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण