टर्बुलेन्सका कारण एयर युरोपाको विमान आपत्कालीन अवतरण, ३० जना घाइते
म्याड्रिड । हालैका दिनहरूमा एयर टर्बुलेन्सका घटनाहरू व्यापक भएका छन् । पछिल्लो पटक स्पेनिस विमान कम्पनी एयर यूरोपाको उडानमा शक्तिशाली टर्बुलेन्स हुँदा ३० जना यात्री घाइते भएका छन् ।
मड्रिडबाट उरुग्वेको मोन्तेभिडियोर्फ गइरहेको कम्पनीको यूएक्स०४५ उडान टर्बुलेन्सपछि ब्राजिलको नाताल विमानस्थलमा आपत्कालीन अवतरण गरिएको थियो । कम्पनीले सोमबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्ट गर्दै यस घटनाबारे जानकारी दिएको हो ।
विमान सामान्य तरिकाले अवतरण गरिएको र घटनाका क्रममा चोटपटक लागेका यात्रीहरूको उपचार भइरहेको बताइएको छ । टर्बुलेन्समा परेको विमान बोइङ ७८७–९ ड्रिमलाइनर भएको बताइएको छ । सो विमानले ३३९ जनासम्म यात्री बोक्न सक्छ ।
घटनाको समयमा विमान भित्र कति यात्री थिए भन्ने स्पष्ट भइसकेको छैन । प्लेन अस्थिर बनेर तलतिर खसेको अनि सिट बेल्ट नलगाएका यात्रीहरू विमानको छतमा ठोक्किएर धेरै चोट लागेको एक यात्रीले बताएका छन् ।
सिट बेल्ट लगाएकाहरूलाई समेत चोट लागेको भएपनि उनीहरूको चोट ठूलो नभएको बताइएको छ । केही यात्रीको हात, मुहार र खुट्टामा फ्र्याक्चर र चोट लागेको बताइएको छ । सोमबारै कम्पनीले ब्राजिलतर्फ अर्को विमान पठाएर त्यहाँ अलपत्र परेका यात्रीहरूलाई बोकेर उरुग्वे पठाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण