फिल्म ‘नम्बरी सुन’ साउनमै प्रदर्शन हुने
काठमाडौँ । फिल्म ‘नम्बरी सुन’ साउनमै प्रदर्शन हुने भएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म यसअघि भदौ १ गते रिलिज हुने भनिए पनि एक साता अगाडि सर्दै साउन २५ मा आउन लागेको हो ।
निर्माण टिमले फिल्मका प्रमुख कलाकारहरू गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै नयाँ प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो ।
नारायण खातीको प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।
फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन छ । फिल्मलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण