जब बीबीसीले रोनाल्डोलाई ‘मिस्टियानो पेनाल्डो’ भन्यो
काठमाडौँ । युरो २०२४ को अन्तिम १६ मा स्लोभानियाविरुद्ध पेनाल्टीमा चुकेका क्रिस्टियानो रोनाल्डोको मजाक उडाएपछि बीबीसी यतिबेला आलोचनाको केन्द्रमा छ । रोनाल्डोको समर्थकहरूले बीबीसी स्पोर्टको सामाजिक सञ्जाललाई रिपोर्ट र अनफलो गर्ने अभियान नै चलाएका हुन् ।
रोनाल्डो पेनाल्टीमा चुक्दा १२० मिनेटसम्म खेल गोलरहित बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा विजयी बन्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । अल–नासरका स्टारको पेनाल्टी जोन ओब्लाकले रोकेका थिए । त्यसको केही मिनेटपछि उनी मैदानमा नै रुन पुगेका थिए ।

बीबीसीले पछि पेनाल्टीको रिभ्यू गर्दा त्यसलाई ‘मिस्टियानो पेनाल्डो’ शीर्षक दिएको थियो । इंग्ल्यान्डका पूर्वखेलाडी जोन टेरीले बीबीसीको प्रसारणको आलोचना गर्दै लेखेका छन्, ‘बीबीसी, यो कलङ्क हो ।’
जोन टेरीमात्र होइन सामाजिक सञ्जालमा बीबीसीले रोनाल्डोको अपमान गरेकामा व्यापक आलोचना भइरहेको छ । धेरैले बीबीसीको यो हर्कतलाई लज्जास्पद भनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण