‘ऊनको स्विटर’ छायाङ्कनमा विपिनको प्रेसर हाई भएपछि ...
काठमाडौँ । अभिनेता विपिन कार्की अस्वस्थ भएका छन् । पाँचथरको साधुटारमा फिल्म ‘ऊनको स्विटर’ छायाङ्कनका क्रममा उनी बिरामी परेका हुन् । विपिनलाई उच्च रक्तचाप (ब्लड प्रेसर हाई) को समस्या देखिएको हो ।
ब्लड प्रेसरको समस्या देखिएपछि छायाङ्कन रोकेर उनलाई उपचारका लागि सोमबार काठमाडौँ ल्याइएको हो । काठमाडौँमा उनले चिकित्सकको परामर्शमा उपचार गरिरहेका छन् ।
सुटिङ सेटमा विपिनलाई उच्च प्रेसर देखियो । केही समय रेष्ट गर्दा पनि घट्दै घटेन । त्यसपछि ठुलो समस्या निम्तिन नदिन उनलाई काठमाडौँ पठाइएको फिल्मका निर्देशक नवीन चौहानले बताए । ‘विगत ५ सात दिनदेखि नै विपिनमा समस्या देखिएको थियो’, चौहानले भने– ‘ठुलो समस्या निम्तिन नदिन हामीले काठमाडौँ पठायौँ ।’ विपिनलाई काठमाडौँ पठाए पनि फिल्मको सुटिङ भने चलिरहेको निर्देशक चौहानको भनाई छ ।
स्वास्थ्य अवस्थाको विषयमा अभिनेता विपिनसँग बुझ्न खोज्दा उनको सम्पर्क हुन सकेन । फिल्मको सुटिङमा विपिन १० दिन अगाडि नियुक्त भएका थिए । फिल्मको अहिले ५० प्रतिशत छायाङ्कन सकिएको छ ।
कार्की केही अगाडि मात्र अमेरिकामा ‘तेल भिसा’ फिल्मको छायाङ्कन पूरा गरेर स्वदेश फर्किएका हुन् । अमेरिकाबाट फर्किएलगत्तै उनी ‘ऊनको स्विटर’ को टिमसँंग जोडिएका थिए । ‘ऊनको स्विटर’ मा अभिनेता कार्कीको अलवा अभिनेत्री मिरुना मगरको पनि मुख्य भूमिका रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण