प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल
बुधबार, १९ असार २०८१, १४ : ४७

काठमाडौँ । राष्ट्रिय सभामा ४ विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल भएको छ ।
बुधबारको बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले ‘आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा जानकारी गराई टेबुल गरे ।
सचिव अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराए ।
राष्ट्रिय सभाकाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
डुप्लान्टिसले पोल भल्टमा १२ औँ पटक विश्व कीर्तिमान तोडे
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश