समय सापेक्ष संविधान संशोधन गर्नु अहिलेको आवश्यकता होः नेता केसी
धनुषा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधन आवश्यक भएको बताएका छन् ।
बुधवार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले संविधान संशोधन गर्नु अहिलेको आवश्यकता भएको बताएका हुन् । उनले ०७२ सालमा जारी भएको संविधानले जनताको सर्वोच्चताको प्रतिनिधित्व गरेको भन्दै सो संविधान असफल भयो भने दुर्भाग्यपूर्ण अवस्था आउने बताए ।
उनले दुर्भाग्यपूर्ण स्थिति आउन नदिन संविधान संशोधन गर्ने र निकास दिनेतिर सोच्नुपर्ने आवश्यकता रहेको बताए । केसीले नेपाली काँग्रेस र नेकपा(एमाले)का बीचमा भएको पछिल्लो सहमतीले देशलाई स्थिर सरकार दिने आशा देखाएको बताए । उनले आगामी सरकारले आर्थिक सुधारको गतिविधिलाई सामुहिक मिसनको रुपमा लिएर जानुपर्ने बताए ।
नेता केसीले संसदको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदै गर्दा संसदको प्रतिपक्ष भुमिका कमजोर हुनसक्ने प्रश्न उठ्ने भन्दै प्रतिपक्षी दलहरुले प्रतिपक्षको सशक्त हैसियतलाई जिवन्त राख्न सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण