जङ्गली च्याउले मकवानपुरमा मानवीय क्षति बढ्दो
मकवानपुर । मकवानपुरमा जङ्गली च्याउ खाएर बिरामी हुने र मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा छ । असार महिनामा मात्र मकवानपुरका जङ्गली च्याउ खाएर बिरामी भएका ६ वटा घटना प्रकाशमा आएका छन् ।
बिहीबार जङ्गली च्याउ खाँदा मकवानपुरको भीमफेदीमा ७ जना बिरामी भएकामा एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानका अनुसार नागरिक आफैँ सचेत नहुँदा यस्ता घटना हुने गरेको हो ।
गाउँपालिकाले जङ्गली च्याउ नखान विभिन्न मध्यमबाट सूचित गराए पनि नागरिकहरूले त्यसलाई गम्भीरताका साथ नलिएको उनको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जङ्गली च्याउ खाएर बिरामी हुने घटना ग्रामीण भेगमा बढी हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिए ।
घटना न्यूनीकरणका लागि जनस्वास्थ्य कार्यालयबाट जनचेतनामुलक सूचना प्रचारप्रसार गर्नुको साथै स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकासमेत परिचालन गरिएको उनले बताए । मकवानपुरमा असार ३ गते देखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाएर ३ जनाको मृत्यु भएको हो ।
असार लागे यता जङ्गली च्याउ खाएर जिल्लाका २८ जना बिरामी भएका छन् । बिहीबार बिरामी भएका ७ सहित विभिन्न समयमा च्याउ खाएर २८ जना बिरामी भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण