प्रदेश
लुम्बिनी प्रदेशका एमाले मन्त्रीले राजीनामा दिने
बिहीबार, २० असार २०८१, १६ : १०
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता समीकरण गर्ने सहमति भएपछि लुम्बिनीमा एमालेका मन्त्रीले बिहीबार राजीनामा दिने तयारी गरेका हुन् ।
एमालेबाट अर्थमन्त्री बनेका चेतनारायण आचार्यले मुख्यमन्त्री जोखबहादुर महारासमक्ष सामूहिक राजीनामा दिने बताए । उनले बिहीबार साझा ६ तिर राजीनामा बुझाउने तयारी रहेको बताए ।
२०८० चैत २३ गते नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा एमालेसहित ५ दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरा नेतृत्वको सरकारमा एमालेबाट ५ जना मन्त्री छन् ।
प्रमुख सत्ता साझेदार दल एमालेले केन्द्रमा कांग्रेससँग मिलेर सरकार बनाउने समझदारी गरेपछि लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण