बाइडेनको टिभी अन्तर्वार्ता पछि पनि डेमोक्रेटिक पार्टीमा चिन्ता कायमै
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार राति टिभीमा एउटा अन्तर्वार्ता दिएका थिए । सो अन्तरवार्तापछि पनि डेमोक्र्याटिक पार्टीभित्र बाइडेनले उम्मेदवारी छाड्नु पर्ने माग पूर्ण रूपमा हटेको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत हप्ताको बहसमा बाइडेनको प्रदर्शन निराशाजनक थियो । त्यसयता उनको उम्मेदवारीलाई लिएर प्रश्न उठिरहेको छ ।
शनिबार मिनेसोटाका डेमोक्रेटिक पार्टीका नेता एन्डी क्रेगले राष्ट्रपति बाइडेनलाई आफ्नो उम्मेदवारी त्याग्न आग्रह गरेका थिए । रिपोर्टका अनुसार अन्य केही नेताहरुले पनि यस्तो माग गर्न सक्ने बताइएको छ । बाइडेनले डोनाल्ड ट्रम्पको विरूद्ध प्रभावकारी तरिकाले प्रचार गर्न र चुनाव जित्न सक्छन् भन्नेमा आफू विश्वस्त नरहेको क्रेगले भनेका छन् । यसअघि एबीसी न्यूजसँगको आफ्नो अन्तर्वार्तामा बाइडेनले ट्रम्पसँगको बहसलाई खराब अध्याय भनेर वेवास्ता गरेका थिए ।
अब ‘भगवान’ले मात्र आफूलाई राष्ट्रपतिको दौडबाट हट्न मनाउन सक्ने उनले बताएका थिए । यसैबिच, डेमोक्रेटिक पार्टीभित्र बाइडेनलाई लिएर असहजता बढ्दै गएको छ । तर अहिलेसम्म पार्टीका कुनै पनि ठुला नेताले उनलाई राजीनामा दिन माग भने गरेका छैनन् ।
अमेरिकामा भएका केही सर्वेक्षणहरूले बाइडेनमाथि डोनाल्ड ट्रम्पको अग्रता देखाइरहेका छन् । यस कारण, डेमोक्रेटिक पार्टीका धेरै मानिसहरू बाइडेनले राष्ट्रपति पद र सिनेटमा आफ्नो बहुमत गुमाउँछन् भनेर चिन्तित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण