संसदमा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले बहुमत समर्थन गुमाइसकेको बताउँदै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।
उनले भने–‘लोकतन्त्रको सौन्दर्य भनेको त्यसको एउटा नैतिक पक्ष हुन्छ, नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन । अहिले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुहोस् ।’ संविधानले विश्वासको मत लिन पाउने अधिकार दिएको तर नैतिक पक्षले बहुतम गुमाइसकेपछि राजीनामा गर्नुपर्ने बताए ।
उनले भने–‘लोकतन्त्र संविधान र कानुन अनुसार मात्र चल्दैन । फेरी उहाँले त कानुन नै उल्लङ्घन गर्नुभएको छ । गएको जनवरीमा भारत गएर सन्धि गरेर आउनुभयो । नेपालको ऐन अनुसार १ महिनामा त्यो सन्धि संसदमा ल्याउनुपर्ने, अहिलेसम्म ल्याउनुभएको छैन । यसरी संविधानको उल्लङ्घन गर्नुभएको छ । अहिले अल्पमतमा परिसकेपछि पनि संविधानको धारा ७६ को २ मा जान्छ कि ३ मा जान्छ त्यो राष्ट्रपति ज्यूको चिन्ताको विषय हो । उहाँको काम बहुमत नभएपछि तत्काल राजीनामा गरेर बाटो फुकाउने हो ।’
यस्तै एमालेका अर्का सांसद सूर्यप्रसाद ढकालले पनि सरकार अल्पमतमा परेकोले छिटो भन्दा छिटो राजीनामा दिन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण