भारतीय नम्बर प्लेटको गाडीबाट १४ किलो चाँदी बरामद
आइतबार, २३ असार २०८१, १७ : ३२
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भारतीय नम्बर प्लेटको गाडीबाट १४ किलो भन्दा बढी चाँदी बरामद गरेको छ ।
राजधानीको सानो गौचरणस्थित एक अटो वर्कसपभित्र रोकी राखेको अवस्थामा बीआर०६ यू ९०५३ नम्बरको गाडीबाट १४ किलो २५० ग्राम चाँदीका गरगहनाहरू बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
चाँदी ल्याउने कार्यमा संलग्न भारतीय नागरिक अमन कुमार, बिकी कुमार साह र चालक पर्साका श्रवण प्रसाद कानुलाई समेत नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए ।
उनीहरूले अवैध रूपमा गहनाको आकार दिएर चाँदी ल्याउँदै काठमाडौँमा बिक्री वितरण गर्ने गरेको खुलेको छ । तीनै जनालाई आइतबार आवश्यक कारबाहीका लागि चाँदीसहित राजस्व अनुसन्धान विभाग पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण