टोकियोकी पहिलो महिला गभर्नरले लगातार तेस्रो पटक चुनाव जितिन्
सोमबार, २४ असार २०८१, ०६ : ४२
टोकियो । युरिको कोइके लगातार तेस्रो पटक टोकियोको गभर्नर बन्ने तय भएको छ । जापानको सबैभन्दा बढी जनसंख्या भएको सहर टोकियोकी पहिलो महिला गभर्नर आगामी चार वर्षसम्म आफ्नो पदमा रहन सक्नेछिन् ।
उनको जित राजनीतिक रूपमा संघर्षरत प्रधानमन्त्री फुमियो किशिदा र उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का लागि राहत हुनेछ। फुमियोको पार्टीले ७१ वर्षीय युरिकोलाई तेस्रो पटक टोकियो गभर्नरेटरी चुनावमा समर्थन गरेको छ ।
युरिको कोइके पहिलो पटक २०१६ मा निर्वाचित भएकी थिइन् । उनले सन् २०२० मा दोस्रो पटक चुनाव जितिन् ।
रूढिवादी गभर्नरले कोरोनाभाइरस महामारी र २०२१ मा ग्रीष्मकालीन ओलम्पिकको समयमा सहरको सफलतापूर्वक व्यवस्थापन गरेकी थिइन्।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण