बाढीको चपेटामा दक्षिण एसिया
काठमाडौँ । हालैका दिनमा नेपाल, भारत र बङ्गलादेशमा बाढीले वितण्डा मच्चाइरहेको छ । बाढीका कारण कयौँको मृत्यु भएको छ भने दसौँ लाख मानिसहरू प्रभावित भएका छन् । बृहत् स्तरमा उद्धार कार्य चलिरहेको छ । हजारौँ मानिस आश्रयस्थलमा बसिरहेका छन् । ब्रम्हपुत्र र कोशी समेतका ठुला नदीहरूमा भारी वर्षाका कारण ठुलो बाढी आएको छ । मनसुनको समयमा दक्षिण एसियामा बाढी र पहिरो नौलो कुरा होइन ।
यतिबेला वर्षभरि पर्ने वर्षातको ९० प्रतिशत पानी यति बेला नै बर्सिन्छ । तर हालैका वर्षहरूमा जलवायु परिवर्तनका कारण यो समस्या निकै बढेको विज्ञहरू बताउँछन् । सप्ताहन्तमा नेपालमा बाढीका कारण १४ जनाभन्दा बढीको मृत्यु भएको छ । मुख्य राजमार्गहरू पहिरोले अवरुद्ध बनेका छन् भने केही पुलहरू बाढीले बगाएको छ । यो वर्षको मनसुनका कारण अहिलेसम्म नेपालमा ४० जनाभन्दा धेरैको ज्यान गएको अधिकारीहरूको अनुमान छ ।
भारतको आसाम राज्यमा बाढीका कारण २४ लाख मानिसहरू प्रभावित भएका छन् भने मध्य मे यता २६ जनाको मृत्यु भइसकेको छ । थप मुसलधारे वर्षा हुने र ब्रम्हपुत्रमा पानीको बहाव बढ्ने भन्दै अधिकारीहरूले सतर्क रहन चेतावनी दिएका छन् । बाढीका कारण असाममा ४ ओटा एकसिंगे गैँडा र कयौँ मृग र अन्य जनावरहरू मरिसकेका छन् ।
पशुको मृत्युको आधारमा यो हालैको वर्षयताकै सबैभन्दा खराब बाढी भएको विज्ञहरूले बताइरहेका छन् । उता, बङ्गलादेशमा पनि बाढीका कारण २० लाख मानिसहरू प्रभावित भएको बताइएको छ । बाढीसम्बन्धी घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ । ब्रह्मपुत्र नदीमा आएको बाढीका कारण बङ्गलादेशको एक चौथाइ जिल्लाहरू डुबानमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण