फ्रान्सेली प्रधानमन्त्रीले दिए राजीनामा
पेरिस । फ्रान्समा चुनावी परिणामपछि उत्पन्न गतिरोधबिच प्रधानमन्त्री ग्याब्रियल एटलले राजीनामा दिएका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँले एटलको राजीनामा अस्वीकार गरेका छन् ।
म्याक्रोँले उनलाई प्रधानमन्त्री रहिरहन आग्रह गरेका छन् । देशको स्थायित्वका लागि एटल प्रधानमन्त्री रहिरहन आवश्यक रहेको उनको भनाइ छ । फ्रान्सको आम निर्वाचनमा म्याक्रोँको पार्टी दोस्रो स्थानमा आएपछि एटलले राजीनामा पेश गरेका थिए ।
आइतबार नतिजा आए लगत्तै उनले राजीनामा दिने कुरा गरेका थिए । फ्रान्समा भएको दोस्रो चरणको आम निर्वाचनमा वाम गठबन्धन–न्यु पपुलर फ्रन्टले सबैभन्दा बढी सिट ल्याएको छ भने पहिलो चरणमा नराम्रोसँग पछाडि परेको म्याक्रोँको पार्टी अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थानमा रह्यो ।
पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने अति दक्षिणपन्थी नेशनल र्याली पार्टी तेस्रो स्थानमा रह्यो । तर यी तीन दलमध्ये कसैसँग पनि बहुमत नभएकोले त्रिशङ्कु संसद्को अवस्था सिर्जना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण