जयपृथ्वी राजमार्ग सञ्चालन
सोमबार, २४ असार २०८१, २० : ५०
बैतडी । पहिराले अवरुद्ध खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बैतडीको पाटन नगरपालिका–८ स्थित विजयपुर नजिकै ठुलो पहिरो गएपछि गएरातिदेखि सडक अवरुद्ध भएको थियो ।
बिहानदेखि सडक डिभिजन कार्यालयबाट मगाइएका लोडरसहितका मेसिन प्रयोग गरी अपराह्नपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
हिजो राति दुई पटक पहिरो गएको थियो । पहिलोपटक गएको पहिरो हटाएर साँझतिर सडक सञ्चालन गरिएकामा फेरि पहिरोबाट सडक अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता
-
अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ
-
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
-
कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
-
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
-
दोस्रो हाफमा गोलको खडेरी, सहज जिततर्फ ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण