शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

म्याग्दीमा रासायनिक मलको अभाव

शनिबार, ०६ असार २०८३, ०० : ३४
शनिबार, ०६ असार २०८३

सारांश

  • म्याग्दीमा रासायनिक मलको अभावले किसान समस्यामा परेका छन्।
  • धान र मकै खेतीका लागि आवश्यक युरिया मल समयमा उपलब्ध नहुँदा उत्पादन घट्ने चिन्ता छ।
  • मल आपूर्तिका लागि बुधबारभित्र सहज बनाउने निर्णय भएको छ।

म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर समस्यामा परेका हुन् ।

माग अनुसार मल आपूर्ति हुँदा अभाव भएको हो । म्याग्दीको उच्च पहाडी क्षेत्रमा किसानले धानबाली रोप्न थालेका छन् । चैत र बैशाख महिनामा बारीमा छरेको मकैमा युरिया मल राख्ने समय भएको छ ।

मंगला गाउँपालिका–१ कुहुँका किसान इनदेवी मगरले धान रोप्ने र मकै गोड्ने समयमा मल नपाउँदा किसानहरू निराश भएका बताइन् । समयमा युरिया मल छर्न नपाउँदा मकै र धानको उत्पादन घट्ने उहाँले चिन्ता ब्यक्त गरिन् ।

जिल्लामा बर्खेबालीका लागि दुई सय ७८ मेट्रिक टन युरिया मलको कोटा निर्धारण भएकोमा हालसम्म एक सय १० मेट्रिक टन मात्र आपूर्ति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जिव बास्तोलाले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डीङ कम्पनी लिमिटेडले ढुवानीको समस्या देखाएर समयमा मल आयात र वितरणको व्यवस्था मिलाउन नसकेका बताए । “इन्धनको मूल्यवृद्धिको कारण देखाएर ढुवानी व्यवसायीले वीरगन्जबाट मल नल्याएका कारण म्याग्दीका डिलरहरूले किसानलाई वितरण गर्न पाएका हुन्,” उनले भने “जिल्ला प्रशासन कार्यालयको समन्वयमा डिलर, कृषि र खाद्य सामग्री, कृषि विकास कार्यालय र स्थानीय तहका कृषि शाखा प्रमुखहरूको बैठकले आगामी बुधबारभित्र मल आपूर्ति र वितरण सहज बनाउने निर्णय गरेको छ ।”

म्याग्दीको तीन हजार आठ सय ८५ हेक्टरमा धान र नौ हजार चार सय ३५ हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप